Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

मधेसमा अनुदानको मलको कालोबजारी,किसानले सुरु गरे आन्दोलन

महेश सिंह // पौष ०७ गते,सिरहा

तराई मधेसमा मलखाद्यको सहज उपलब्ध नहुँदा किसानहरु मार्मा परेका छन्।धानबाली भित्र्याएपछि सिरहाको किसानलाई यतिखेर हिउँदे बाली अर्थात् तोरी र गहुँ छर्ने चटारो रहेको छ।

 

रासायनिक मलखादको अभावमा किसानहरुलाई तोरी तथा गहुँ खेती गर्न समस्या भएको छ। सिरहाको बिष्णुपुर गाउँपालिका स्थित रहेको साना किसानको अध्यक्ष सरोज कुमार यादवले सिरहा लगायत तराई मधेसका सम्पुर्ण जिल्ला किसानहरुलाई मलखाद्य सहज उपलब्ध गराउन केन्द्रिय सरकार र प्रदेश सरकार र स्थानीय सरकारसंग माग गरेका छन्।

साना किसान बिष्णुपुर सखामा करिब ४ सय सदस्य रहेका किसान अगुवा तथा साना किसान बिष्णुपुरका अध्यक्ष सरोज कुमार यादवले जानकारी दिनु भयो। तर पछिल्लो समयमा किसानलाई सहुलियत दरमा उपलब्ध गराउन अनुदानमा पाउने रसायनिक मल सिरहाको सहकारी संस्थाहरुले किसानलाई नदिई कमिशन लिएर अन्य नीजि पसलमा बिक्री वितरण गर्न थालेपछि किसानहरु मारमा परेका छन् ।

सिरहामा सहज रूपमा मलखाद्य उपलब्ध न भए हामी किसानहरु सडक आन्दोलनमा जाने सरकारलाई चेतावनी दिएका छन्।

 

नेपाल सरकारले सहकारी संस्था मार्फत सरकारले किसानहरुलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउने व्यवस्था गरेको छ। सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड मार्फत आपूर्ति गर्ने गरी स्थानीय तहको सिफारिसको आधारमा किसानलाई सहुलियत दरमा वितरण गर्न सहकारी संघ संस्थाहरुलाई अनुदानमा मलखाद दिने गरेको छ।

 

किसान मलखाद नपाएर छटपटाइ रहेको अवस्थामा सिरहामा एक सहकारी संस्थाले अनुदानमा पाएको रसायनिक मल अन्यत्र बिक्री गरेको फेला परेपछि किसानहरु विरोध प्रदर्शन गरेका छन्।सरकारबाट अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र बिक्री गरेको भन्दै किसानहरु आक्रोशित भएका छन्।

You may have missed