rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहटको गरुडा बजारमा अनुगमन ,सटर बन्द गरेर ब्यापारीमा भागाभाग

रौतहट मिडिया न्यूज डेस्क // पौष ०६ गते

रौतहटमा ब्यापारीहरुले मनपरी ढङ्गले उपभोक्तालाई ठगी गरेको गुनासो बढेपछि अगुमन टोलीको ध्यानआकर्षण भएको छ । ठगीको गुनासो बढेपछि सोमबार रौतहटको बजारमा अनुगमन गरिएको छ । स्थानिय प्रशासनको अगुवाइमा रौतहटको गरुडा बजारलाई अनुगमन गरिएको थियो । अनुगमन शुरु गरेपछि गरुडाका अधिकांश व्यापारीहरुले आफ्नो–आफ्नो पसल बन्द गरेपछि अनुगमन प्रभावित बनेको थियो । रौतहट जिल्लाको माधव नरायण नगरपालिकामा चार बर्षसम्म प्रमुख प्रशाशकिय अधिकृतको रुपमा काम गर्नु भएको थियो ।

गत मंसिर २७ गते रौतहट जिल्लाको जिल्ला प्रशासन कार्यालय रौतहटको प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनु भएको थियो । उहाँ रौतहटमा आउनदेखि नै एक्सनमा आउनु भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको प्रशासकीय अधिकृत प्रलव कायस्थको टोलि सहितले गरुडा बजारलाई अनुगमन शुरु गरेपछि व्यापारीहरुले सटरहरु बन्द गरेर ब्यापारीहरुमा भागमभाग भएको थियो ।सटर बन्द गरेर भाग्दा गरुडा सुनसान नै भएको थियो ।

 

व्यापारीहरुले गल्ती नगरेको भए अनुगमन टोली आउदा सटर किन बन्द गर्नु किन भाग्नु पर्यो भनि प्रश्न उठन थालेको छ । उपभोक्ताहरु ठगिने गरेको गुनासो बढेपछि स्थानिय प्रशासनले गरुडा बजारका पसलहरुको अनुगमन थालेको थियो । अव यसरी बजार अनुगमन हुदा उपभोक्ताहरु ठगीनबाट बाँच्छ भनि केहि आशा पलाएको छ ।