rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

महोतरीको सीतापुर भंगाहाको प्रहरी चौकीमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

राजेन्द्र कुमार ठाकुर // पौष ०६ गते

महोत्तरीको भंगाहा नगरपालिका अन्तर्गत पर्ने सीतापुर भंगाहाको प्रहरी चाैकीले आयाेजना गरेकाे नि शुल्क आखा शिविरमा शान्ति पूर्ण तरीकाले उपचार तथा सिबिर सम्पन्न भएको छ।

उक्त शिबिरमा प्रमुख अतिथि महोत्तरी जिल्लाका इंचार्ज तथा sp दिनेश आचार्यको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा जानकी आखा अस्पताल जनकपुरका प्रशिक्षक तथा अनुभबी र ख्याति प्राप्त डाक्टर तथा चिकित्सकद्वारा उपचार सफल भएको छ त्यस शिविरमा ४८५ जनाकाे परिक्षण भएकाे छ जसमध्ये ८५ जनामा माेतिबिन्दु भएको छ।

माेतिबिन्दु हुदा निजहरूलाई जनकपुर थप उपचारको निम्ति ल्याउने लैजाने र नि शुल्क ऑपरेशन गरिनेछ यसका साथै १०० जनालाई चश्मा बितरण र अन्य ब्यक्तिहरुलाई औषधी बितरण गरिएकाे छ भनि भंगाहा चौकीका प्रमुख श्री भरत प्रसाद सिलवालले जानकारी दिनु भयो साथै उहाले चाैकीकाे प्राङगणमा साेभा बढाई दिनु हुने अग्रज एव आखा परिक्षण गराउने गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको छ।