युरोप र जापानले संयुक्तरुपमा पठाएको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहको पहिलो तस्बिर पठाएको छ । युरोपियन स्पेस एजेन्सी (ईएसए)का अनुसार बेपीकोलोम्बो मिसनले शुक्रबार ११ः३४ ग्रिनविच मिनटाइमअनुसार ग्रहमाथि गरिने ६ उडानमध्ये पहिलो उडान लिएको थियो । यानले ग्रहको गुरुत्वाकर्षणको प्रयोग गरेर गतिलाई नियन्त्रण गरेको थियो ।
बुधको सतहभन्दा २ सय किलोमिटर उचाइमा पुगेपछि यानमा जडान गरिएका क्यामराहरू मध्ये एकबाट यानले श्यामश्वेत तस्बिर लिएको थियो । स्पेस एजेन्सीले सो तस्बिरमा बुधको उत्तरी गोलार्द्ध देख्न सकिन्छ जसमा १०३ किलोमिटर लामो चौडाइ भएको लर्मोन्टोभ क्रेटर पनि प्रस्ट देख्न सकिन्छ । पहिलो उडान सफल भएको उक्त यानको अपरेन्स म्यानेजर एल्सा मोन्टाग्नोनले जानकारी दिइन्
ईएसए र जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको यो संयुक्त मिसन सन् २०१८ मा सुरु गरिएको थियो । बुध ग्रह पुग्नअघि यानले पृथ्वीमाथि एक र शुक्रमाथि दुई उडान गरेको थियो । यस मिसनको उद्देश्य बुध ग्रहका विभिन्न पक्षको बारेमा अध्ययन गर्नु रहेको छ जसमा यसको सतह, चुम्बकीय क्षेत्र आदि पर्दछन् । मिसनले सन् २०२५ को अन्त्यसम्ममा दुईवटा प्रोब बुध ग्रहको कक्षमा पठाउने लक्ष्य लिएको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।