सुनिल कुमार रजक // पौष ५ गते, रौतहट
रौतहटको फतुवाबिजयपूर नगरपालिका स्थित सडक खण्डमा वुटवाबाट विजयपुर तर्फ आउँदै गरेको टिपरले ठक्कर दिँदा एक मोटरसाइकल चालक को घटना स्थल मै मृत्यु भएको छ |
आईतबार राती करीब २१:१५ बजे फतुवा बिजयपूर न.पा. ११ हिमालिबास स्थीत सडक खण्डमा वुटवाबाट विजयपुर तर्फ आउँदै गरेको ना८ख ४२०२ नं को टिपरले विपरित दिशाबाट आउदै गरेको बा ३० प ८११५ नं. को मोटरसाइकल लाई ठक्कर दिँदा मोटर साइकल चालक फतुवा विजयपुर नपा ९ लक्ष्मीनिया बस्ने अन्दाजि बर्ष ५० को खेदु चौधरीको घटना स्थलमै मृत्यु भएको छ |मृत शरीर लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको इलाका प्रहरी कार्यालय बिजयपूर का प्रहरी निरीक्षक विष्णु विक ले जन्कारी दिएका छन् |स्थानियहरुले उक्त टिपर र नजिकै आउँदै गरेको ना ७ ख ७९१७ नं को टिपरमा तोडफोड गरि ठुलो क्षति पुर्याएका छन् ।प्रहरीले दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल नियन्त्रणमा लिई फरार चालक को खोजतलास कार्य जारी रहेको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विकले बताएका छन् ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।