रौतहट मिडिया न्यूज डेस्क // पौष ०२ गते, रौतहट
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा एकजना आमाले भोटरलिष्ट बनाउने क्रममा आफ्नो नवजात शिशुको ज्यान
गुमाएकि छिन ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी निवासी बैधनाथ साह र उनका श्रीमती रिंकु साहले आफ्ना २ महिने नवजात शिशु(छोरा) लाई लिएर बिश्रामपुर स्थित रहेको नगरपालिकाको कार्यालयमा भोटरलिष्ट बनाउन गएका थिए ।
आफू संग गएको अन्य १० जना महिलाहरु संगै आफुले पनि आफ्ना नवजात शिशुलाई कांखामा राखेरे करिब ७ घण्टासम्म लाइनमा बस्दा पनि कर्मचारीले काम गर्न नसकेको कारणले गर्दा भोटरलिष्ट न बनाइकन घर फिर्ता आउने क्रममा चिसोले गर्दा सो शिशुको ज्यान गएको मृत शिशुको आमामा बुवा बताउछन ।
वडा वडामै गर्नसकिने काम मेयर र कर्मचारीको लापरबाहीले गर्दा, जनताहरु नगरपालिकामा जान बाध्य भएको र त्यहाँ गएर पनि कर्मचारीले काम गर्न न सक्दा काम न गराइकन फिर्ता आउनु परिरहेको र भोटरलिष्ट बनाउने जनताको संख्या बढी रहेपनि कर्मचारीले एक दिनमा ६० देखि ७० जना व्यक्तिको काममात्र गरिरहेको अन्य एकजना महिला सर्मिला पासवान बताउँछिन् ।
त्यसैगरी शिशुको ज्यान जानुमा स्थानीय जनप्रतिनिधि र कर्मचारी नै मुख्य दोषी रहेको भन्दै अब देखि महिला, अपांग र अशक्तलाई विशेष प्राथमिकता दिएर र काउन्टर थप गराएर काम गर्न माग गर्दै मृत शिशुको मृत्युको मध्यनजर गरि नगरपालिकाले आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाइदिन स्थानीयहरुले माग गरेका छन ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।