Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

काठमाडौंमा चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ

रौतहट मिडिया न्यूज डेस्क // मंसिर २० गते

काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ । कार्तिक २१ गते चाबहिलस्थित ओम अस्पतालबाट चोरी भएको बा ४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका १ दिपही चौकमा चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पार्किङ गरी राखेको सो म मोटरसाईकल चोरी भएपछि खोजतलासको लागि महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । सोही  उजुरीको आधारमा सवारीधनी  गुप्त प्रसाद मिश्रलाई  आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिएको छ।

You may have missed