अशेष ढुंगाना ,कोल्हवी :
बाराको कोल्हवी नगरपालिका भित्र पर्ने जङ्गल छेउ रहेको वडा न.२ अन्तर्गत भलुवाइखोर,काटा र हनुमानगन्ज गाउँमा केही दिनदेखी जंगली हात्तिले बाली सहित घर अन्नपातमा समेत क्षती गर्न थालेपछी कोल्हवी नगरपालिकाका मेयर सहित डिविजन वन प्रमुख राजिव कुमार झाले स्थलगत अनुगमन गर्नु भएको छ।
केही महिना अघि मात्र जंगली हात्तिले कोल्हवी नगरपालिका वडा न.२ काटाका एक स्थानियलाई जङलमा हात्तिले आक्रमण गर्दा मृत्यु भएको थियो भने लगत्तै एक महिना पछि केहि पर रौतहटको फतुवा -विजयपुर नगरपालिकाको भट्टी रागिमा समेत एक महिलाको हात्तिको आक्रमणमा परि मृत्यु भएको थियो।
डेढ दशक अघि देखि हात्तिको नियन्त्रणमा ठोस पहल कदमी नचालेकाले हात्तिले पटक पटक बर्षै पिछे जन धनको करोडौ क्षती भैसक्दा पनि सम्बन्धित निकाय र स्थानिय निकाय सङ हात्ती पिडित गाउलेहरुले आक्रोस पोखेका थिए।
केही दिनदेखिको हात्तिको बितण्डाले भलुवाइखोरका राजेन्द्र मैनाली ,हनुमानगन्ज गाउको राजु भुजेल,कर्ण बहादुर वाईवा लगायत पचास भन्दा बढी घर धुरिका घर,अन्न,अन्नवाली लगाएतका ब्यक्तीहरुलाई क्षती पुर्याएको छ भने रातभर स्थानिय सुत्न सकेका छैनन्।
स्थलगत अनुगमन पछि स्थानिय गाउलेहरुलाई मेयर राम प्रसाद चौधरीले यसको दीर्घकालीन समाधानका उपाय खोजी तर्फ आफ्नो सकृयता रहेको र कतिपय कानुनी जटिलताले स्थानिय निकायलेनै सबै गर्न नस्कने भएकाले डिविजन वन कार्यालय बारा द्वारा सम्ब्न्धित निकाय चितवन रास्ट्रिय निकुञ्ज सहित पर्सा वन्य जन्तु आरक्ष लाई परिपत्र गरि समाधानका उपाय खोज्ने आक्रोशित गाउलेहरुलाई बताउनु भएको छ।
उता डिविजन वन सिमराका प्रमुख राजिब कुमार झाले आजनै चितवन रास्ट्रिय निकुञ्जको हात्तिको प्राबिधिक टोलि आउने र आज बाटनै नेपाल आर्मी,नेपाल प्रहरी,शसस्त्र प्रहरी र साझेदारी वन ब्यब्स्थापन समूह सङ मिलि तत्कालको सम्स्या समाधान गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो।
केही दिनदेखिको हात्तिको आतंकले स्थानिय रातभर जाग्राम बस्न थाले पछि सामाजिक सन्जालमा मेयर चौधरिको र वडा अध्यक्ष गोपाल प्रसाद अधिकारिको चौतर्फी बिरोध समेत भएको थियो।हाल सम्म यश भेगमा २०६७ साल देखि हाल सम्म हात्तिको आक्रमणमा ११ जनाले ज्यान गुमाई सकेका छन।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।