रौतहट मिडिया न्यूज डेस्क // मंसिर १९ गते,
प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णय अनुसार नै बुधवार सार्वजनिक विदा दिइएको हो ।
शुक्रवारबाट सुरु भएको विवाहपञ्चमी महोत्सव बिहिवार सम्पन्न हुँदैछ् ।
सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लिला सम्पन्न गरिएको हो ।
आइतवार धनुषयज्ञ हुन लागेको छ भने सोमबार तिलकोत्सव, मंगलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहिबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।