सिताराम साह // मंसिर १६ गते,
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेश समितिको पदाधिकारी चयन गरेको छ । जसपा नेपालका प्रदेश समितिका पूर्व अध्यक्ष विजयकुमार यादवले बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश समितिको अध्यक्षमा प्रदेश सांसद रामबाबु कुमार यादवलाई चयन गरिएको घोषणा गरे ।
प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका विजयकुमार यादवले अध्यक्षसहित प्रदेश समितिका पदाधिकारीहरुको नाम घोषणा गरेका हुन् । प्रदेश समितिको उपाध्यक्षमा रामप्रित पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादव छन् ।
गठन गरिएको समिति मा अध्यक्षमा रामबाबु कुमार यादव , उपाध्यक्षमा रामपृत पासवान , शम्भु झा, शोप नारायण यादव , बृजमोहन तिवारी , राम सेवक यादव मुख्य सचिवमा दिनेश कुमार यादव , सचिवमा युसुफ अलि , निरा साह , शैलेश कुमार साह , कोषाध्यक्षमा रेणु यादव चयन भएका छन् ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।