सिताराम साह // मंसिर १६ गते,
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेश समितिको पदाधिकारी चयन गरेको छ । जसपा नेपालका प्रदेश समितिका पूर्व अध्यक्ष विजयकुमार यादवले बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश समितिको अध्यक्षमा प्रदेश सांसद रामबाबु कुमार यादवलाई चयन गरिएको घोषणा गरे ।
प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका विजयकुमार यादवले अध्यक्षसहित प्रदेश समितिका पदाधिकारीहरुको नाम घोषणा गरेका हुन् । प्रदेश समितिको उपाध्यक्षमा रामप्रित पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादव छन् ।
गठन गरिएको समिति मा अध्यक्षमा रामबाबु कुमार यादव , उपाध्यक्षमा रामपृत पासवान , शम्भु झा, शोप नारायण यादव , बृजमोहन तिवारी , राम सेवक यादव मुख्य सचिवमा दिनेश कुमार यादव , सचिवमा युसुफ अलि , निरा साह , शैलेश कुमार साह , कोषाध्यक्षमा रेणु यादव चयन भएका छन् ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।