रौतहट मिडिया // मंसिर १६ गते
मुख्यमन्त्री लालबाबु राउतले विवाहपंचमी महोत्सवको समग्र तयारीमा जुटन सरोकारबला निकायहरुलाई निर्देेशन दिनु भएको छ ।
प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका , जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरु सहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको धरोहर रहेको विवाहपंचमी महोत्सवलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिनु भएको छ ।
महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिनु हुँदै मुख्यमन्त्री राउतले सुृरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरि दिने प्रतिवद्धता जनाउनु भएको छ ।
त्यसै गरि उपमहानगरपालिकाको नेतृत्वमा हुने सरसफाईमा सुरक्षा निकायका साथै स्थानीय सघसंस्थाहरु समेत सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह गर्नु भएको छ ।
विवाहपंचमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फ बाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपनिको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत मुख्यमन्त्री राउतले निर्देशन दिनु भएको छ।
बैठकमा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो ,अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवि कुमारी कर्ण ,जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास , प्रमुख सचिव हरिप्रसाद मैनाली, आन्तरिक मन्त्रालयका सचिव राम कुमार महतो, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जनकपुर उपमहानगरका कार्यकारी अधिकृत प्रधुमन प्रसाद उपाध्याय, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी उमेश रंजितकार, सशस्त्र प्रहरीका डिआइजी गण्ेश ठाडा मगर, अनुसन्धानका निर्देशक ओम प्रकाश जोसी, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको सहभागिता रहेको थियो ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।