सिताराम साह // मंसिर १६ गते,
घरेलु मदिरा लोड रहेको ट्रक सहित मानिस पक्राउ परेको छ। यहि मिति २०७८।०८।१६ गते अं.१३:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकमा मकवानपुरबाट तयारी घरेलु मदिरा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको सूचना अनुसार यस कार्यालयबाट खटिएको टोलीले बा.प्र.०३-००१ क ०२९९ नम्बरको मिनी मालवाहक ट्रक रोकी जाँच गर्दा उक्त ट्रकभित्र तयारी घरेलु मदिरा अं.३५० लिटर फेला परेको हुँदा चालक जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३० को सुर्य बहादुर पाख्रिनलाई उल्लेखित नम्बरको ट्रक र बरामद भएका मदिरा सहित आवश्यक कारवाहीको लागि आजै आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा बुझाइएको छ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।