रौतहट असार ३० गते।
नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गणपति डिलक्स बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई परोहा नगरपालिकाले तीन वटा घरपरिवार हरुलाई राहत प्रदान गरेको जनाएको छ ।
परोहा नगरपालिकाका नगर प्रमुख शेख ओकिलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत मोहम्द महफुज अहमद,इन्जिनियर दिपेन्द्र कुमार यादव र सम्बन्धित वडाका वडाध्यक्षको संयुक्त टोलीले मृत्तकका घर घरमा पुगी प्रत्येक परिवारलाई नगद ११ हजार र चेकबाट ५० हजार रकम सहित खाद्यान्न सामग्री समेत प्रदान गरिएका छन् ।
उक्त दुर्घाटनामा ज्यान गुमाएका परोहा नगरपालिका – ४ लौकाहाका ओम राजकुमार साह , वडा ६ बासन्पटीका ऋषी कुमार सिंह र वडा ९ रामपुर खापको सिकिन्द्र दासका घर परिवारलाई राहत प्रदान गरेका छन् । राहत प्रदान गर्ने क्रममा प्रमुख टोलीले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक सम्बेदना प्रकट गरेका हुन्।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।