rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

वडा प्रीमियर लिगको फाईनल खेल आज बसन्तपट्टीको जित

चन्दन कुमार //फाल्गुन ३० गते 

रौतहट जिल्लाको परोहा नगरपालिका वडा न.६ बसन्तपट्टिमा आयोजित वडा प्रीमियर लिगको फाईनल खेल आज बसन्तपट्टी जितनमा सफल भएको छ ।

 

आज बुधबार जिङडवा र बसन्तपट्टि बिच भएको फाइनल खेलमा १०९ रनको लक्ष्य पाएका बसन्तपट्टि १ ओभर पहिला नै लिग जितेको छ।

 

ट्स जिती बैटिङ्ग रोजेका जिङ्गडवाको लागि तामिमले ३० रनको पारि खेली टिमलाई १०८ रन सम्म पुर्याएको थियो ।

 

बसन्तपट्टिको तर्फ बाट बलिङ्गमा आफ्नो प्रकोप देखाउदै रोतिह सहनिले ४ विकेट र अर्जुन ठाकुरले ३ विकेट लिएक थिए। यस्तै बसन्तपट्टि लागि आफ्नो बोल्ला बाट अर्जन ३४ रन बनाउदै मैन अफ द मैच बन्न सफल भएका थिए।

 

उत्कृष्ट प्रदर्शन गर्दै लिग जितेका बसन्तपट्टि टिमका कप्तान अनिल पटेल लाई कप सहित नगर २० हजार र उप-बिजेता जिङ्गडवा टिमका कप्तान कालिम राजालाई नगर १० हजार सहित कप हस्तान्तरण गर्दै कार्यक्रकमा प्रमुख अतिथी तथा बसन्तपट्टिका वडा अध्यक्ष रामविलास जैसवारले सम्पुर्ण खेलाडिहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए।

 

आज भएको फाइनल खेलमा २ हजार भन्दा बढी दर्शकहरुको सहभागिता रहेका थिए

 

फाल्गुन १६ गते देखि सुरु यो वडा प्रीमियर लिगमा जम्म १६ वटा टिम सहभागी भएको थिए ।