सुनिल रजक रौतहट मंसिर १३ गते। देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो । आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । बुधाई यादवले लगाएको तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन् । धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।