rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

Buddha Air atr plane rautahat media file photo

बुद्ध एयरले भूकम्प पीडितका लागि रु. एक करोड सहयोग गर्ने, राहत ढुवानीमा पनि सघाउने

निजि क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पश्चिममा गए रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु. एक करोडको सहयोगको घोषणा गरेको छ ।

कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सहयोगको घोषणा गरेको हो । बुद्ध एयरले भनेको छ, ‘जाजरकोट तथा रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. एक करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि बचनवद्ध छौं ।