१८ कात्तिक, काठमाडौं। एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितकाे उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउने प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा समेत एनसेलले गरेको छ ।
एनसेलका अनुसार यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यसको समयसीमा १५ दिनको रहने छ ।
विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफूहरू भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको विज्ञप्तिमा उल्लेख छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।