रौशन चौधरी असोज ५ गते।रौतहट
मोतिबिन्दु भएको बिरामिको अप्रेशन गरेको भन्दै झुठा बिल भरपाई बनाई नगरपालिकाको करिब २३ लाख रुपैंया झवाम पारेको बताउनु भएको हो ।
यस्ता कार्य अधिकृत साहले बिगत तिन वर्षदेखि गर्दै आईरहेको समेत जानकारी दिनु भयो । त्यति मात्र नभएर अधिकृत साहले नगरपालिकाबाट यस्ता धेरै कयौं नहुने कार्य गरेको तथ्य खुलेको वडाअध्यक्षले बताएका छन । अधिकृत साहले गरुडा नगरपालिकाको वार्ड नं.८ बसबिटी जिंगडिया स्थित रहेको नेपाल प्रहरी स्कुल बिर्तामा आफ्नो श्रीमतिलाई खुसी पार्नको लागी करिब ५० लाख रुपैंयाको लागतमा बालबालिकालाई ओसारपोसार गर्न स्कुल बस दिएको समेत बताउनु भयो ।
यस सन्दर्भमा नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालसंग सोध्दा आफुलाई केहि जानकारी नरहेको बताउनु भयो । नगर प्रमुख जैसवालले भने अधिकृत र करारको कर्मचारी संजित साहको क्रियाकलापबाट पुर्ण रुपले सन्तुष्ट न रहेको बुझिएको छ । नगरप्रमुख जैसवालले अधिकृत र करारका कर्मचारी साहलाई हटाउन पटक पटक सम्बन्धित निकायमा लेखी पठाउन निर्देशन दिईएको एक जना कार्यपालिका सदस्यले बताउनु भयो ।
सेटिङ्ग र कमिसनका लागि जस्तो सुकै काम गर्न हमेशा त्यार रहने गरेका कारण कटहरिया नगरपालिका सिङ्गो बदनाम भएको बताउनु भयो । कार्यालयमा कमिसन लिन सहज नहुने भएको बाहानामा अधिकृत र करारका कर्मचारी साह कार्यालय समयमा ढिलो आउने गरेका थिए । उठाएको कमिसनको रकम लुकाउन अनुकुल होस भनी घरमा नै बढि समय दिएको समेत स्रोतबाट जानकारी प्राप्त भएको हो ।
यस्ता गतिविधिको बारेमा नियमित कार्यालय प्रमुख साहसंग सम्पर्क गर्दा वहाँको मोबाईल फोन स्विच अफ भएको कारण सम्पर्क हुन सकेन । त्यति मात्र नभएर नेपाल सरकारबाट प्राप्त बजेट रकममा पनि व्यापक दुरुपयोग गरेको बुझिएको हो ।
त्यति मात्र नभई नगरपालिकामा काम गर्ने कर्मचारीहरुले काम गरेको आठ महिनाको तलब समेत नखुएको र भ्रष्चारीमा लिप्त रहेको नगरपालिकाको एक जना कर्मचारीहरुले दुखेसो पोखेका छन । यसको लागी अख्तियार दुरुपयोग अनुसन्धान विभागलाई यस सन्दर्भमा छानबिन गरि कार्यवाहि गर्न स्थानियहरुले जोडदार माग समेत गरेका छन ।
स्रोत:- रौशन चौधरी वर्तमानकाल दैनिक पत्रीका।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।