गणेश कुमार सिंह ,भाद्र २९ गते।
महाेत्तरीकाे गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा मा.वि.मा १९ वर्षपछि स्थायी मा.वि.का शिक्षक प्र.अ. मा नियुक्त भएको छ । कान्तिबजारमा राष्ट्रिय प्राथमिक विधालयबाट स्तर उन्नति भए माध्यमिक विधालय भएको १९ वर्षपछि स्थायी मा.वि. का शिक्षक राम स्नेही यादव प्रधानध्यापकमा नियुक्ति भएको हाे ।
शुक्रबार विधालयले आयोजना गरेको ५९ औं राष्ट्रिय बाल दिवस तथा नवनिर्मित २ काेठे भवन उद्वाटन कार्यक्रममा नियमित प्र.अ. महाबिर सिंहले प्र.अ. का आफ्नो पदभार राम स्नेही यादवलाई जिम्मेवारी दिएका छन् । साथै नवनियुक्त प्र.अ. यादवलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख : डा. दिपेन्द्र महताेले सपत्त ग्रहण गराएका हुन ।
२०६१ सालमा मा.वि. भएका विधालयमा प्रा.वि. का स्थायी तथा नि.मा.वि. र मा.वि. अस्थायी शिक्षकहरुले प्रधानध्यापकका जिम्मेवारी पाए अहिलेसम्म काम गर्दै आईरहेका वडा अध्यक्ष कुशेश्वर सिंहले जानकारी दिएका छन् ।
२०३६ सालमा गाउँलेहरुकाे सहयोगमा विधालयकाे स्थापना गरिएको थियोे । यस क्षेत्रका उखु कृषकहरूसँग चन्दा बापत उखुबाट प्रति क्विन्टल ५० पैसाको दरले चन्दा संकलन गरि विधालयलाई विस्तारै कक्षाकोठा थप्दै अपग्रेड गरेका थिए । भन्ने २०६१ सालमा कक्षा १० सम्म संचालनमा आएको थियोे ।
शुक्रबार विधालयले ५९ औं राष्ट्रिय बाल दिवस तथा नवनिर्मित २ काेठे भवन उद्वाटन कार्यक्रमकाे आयोजना गरेको थियोे । बाल दिवसको उपलक्ष्यमा विधालयले बाल अधिकार सम्बन्धि वक्तृत्वकला प्रतियोगिता समेत गरेका थिए ।
राष्ट्रिय मा.वि. कान्तिबजारमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछि पठनपाठनमा समस्या भईरहेकाेले उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि २७ लाख बजेट नगरबाट विनियोजन गरिएको थियो । सो बजेटबाट राष्ट्रिय मा.वि. मा दुई कोठे भवन तयार भएको छ । भवन तयार भएपछि विधार्थी, शिक्षक लगायत स्थानीयहरु खुसी देखिएका छन् ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष : दिनेश महताेकाे अध्यक्षता तथा नगर प्रमुख डा. दिपेन्द्र महताेकाे प्रमुख अतिथिमा, विशिष्ट अतिथि वडा अध्यक्ष : कुशेश्वर सिंह, वडा नं. ११ का अध्यक्ष रामपृत महताे, नगर शिक्षा समितिका सदस्य रमेश महताे, कुमरकान्त झा, वडा सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न विधालयका प्रधानध्यापकहरु, समाजसेवी, विधालयका शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।