चन्दन कुमार महतो , भदौ २२ गते रौतहट
आज रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेको लाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरियो ,
लैपरोटॉमी को अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा सफलतापूर्वक गरेको छ ।
जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा
लैपरोटॉमी को सफलतापूर्वक अप्रेसन गरि नया जीवन दिनु भयेको छ। पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएको छ ।
प्रादेशिक अस्पताल एक छिनको लागी खुस मई बनेको थियो बिरामीको आफन्त हरुले भने प्रादेशिक अस्पतालको डाक्टर हरु मेरोलागि भगवान छ मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु।
डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् !!


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।