Posts Grid

March 12, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

प्रादेशिक अस्पताल गौरले गरे पहिलो पटक लैपरोटॉमी अप्रेशन

चन्दन कुमार महतो , भदौ २२ गते रौतहट

आज रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेको लाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरियो ,

लैपरोटॉमी को अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा सफलतापूर्वक गरेको छ ।

जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा
लैपरोटॉमी को सफलतापूर्वक अप्रेसन गरि नया जीवन दिनु भयेको छ। पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएको छ ‌।

प्रादेशिक अस्पताल एक छिनको लागी खुस मई बनेको थियो बिरामीको आफन्त हरुले भने प्रादेशिक अस्पतालको डाक्टर हरु मेरोलागि भगवान छ मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु।

डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् !!

You may have missed