rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

सांसद शर्मा पक्राउको विरोध

सुनिल रजक काठमाडौँ साउन २५ गते।

नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि कांग्रेसका भ्रातृ संस्थाहरु तरुण दल र नेपाल विद्यार्थी संघले विरोध जनाएका छन् ।

दुवै संगठनले डा. शर्मालाई रिहा गर्न मागसमेत गरेका छन् । सुन तस्कर र भ्रष्टाचारीलाई जेल हाल भन्दा उल्टै झुटा मुद्दामा पक्राउ परेको भन्दै उनीहरुले सांसद शर्मालाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

काठमाडौँ लगायतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको हाे ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन नियन्त्रणमा लिइएपछि नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका सांसद शर्मा पक्राउ परेपछि आक्रोश बढेको हो ।