सुनिल रजक असार २१ गते। रौतहट।
ईशनाथ नगरपालिकाले वार्षिक रूपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई विपन्न लक्षित छात्रवृती प्रदान गरिँदै आएको छात्रवृत्ति विहिबार एक कार्यक्रमबीच वितरण गरेको छ ।
उक्त कार्यक्रममा ईशनाथ नगरपालिकाकी नगर प्रमुख कौशल्या देवी , प्रमुख प्रशासकीय अधिकृत भुदेव झा , शिक्षा शाखा प्रमुख चन्देश्वर प्रसाद यादवले एकिकृत रूपमा लक्षित छात्रवृती २०७८/०७९ मा छनौट भई आएका १७ जाना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । सो छत्रावृत्ति वितरण कार्यक्रममा १७ जाना मध्ये ४ जानालाई १८ हजार र बाकीं रहेको छात्रछात्रालाई ६ हजारको दरले छात्रवृत्ति प्रदान गरेका छन् ।
नगरपालिकाभित्र सञ्चालित मावि मठ्ठिया , जनता मावि औरैया र जनता मावि डुमरिया परोहामा पढ़दै आएका कक्षा ८ देखी कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई १ लाख ५० हजार रकम ईशनाथ नगरपालिकाले प्रदान गरेको शिक्षा शाखा प्रमुख यादवले बताउनु भयो ।
त्यस्तै यस नगरपालिकाले प्रत्येक वर्ष गरिब विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो। गत वर्षमा २६ जाना विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । तर यस वर्ष छात्रवृत्ति पाउने विधार्थी संख्या घटेको शिक्षा शाखा प्रमुख यादवले बताए ।
ईशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवीनले सबैलाई स्वागत गर्दै पालिकाले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासका लागि आफ्नो सानो लगानी भएको बताईन् ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।