- सुनिल रजक रौतहट असार ८ गते।
रौतहटको बौधीमाई नगरपालिकाले ” जनमुखि स्थानीय सरकार र समृद्धिको आधार” नारा सहित सातौं नगर सभा आज शुक्रबार सम्पन्न गरेको छ।
बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ।
आन्तरीक आय पहिचान तथा आन्तरीक आय वृद्धि गर्दै न्यायोचित वितरण सहित, आर्थिक, सामाजिक,विकास तथा भौतिक पूर्वाधार लगायतका क्रियाकलाप मार्फत समृद्ध नगरपालिका बनाउने उदेश्यको साथ अब आर्थिक वर्ष २०८०/०८१ मा बौधीमाई नगरपालिकाले अवलम्बन गर्ने विषयगत क्षेत्रका रणनीतिहरु संक्षिप्त रुपमा प्रस्तुत गरेको छ ।
त्यस्तै, उप–मेयर प्रमिला जैसवालले आगामी आर्थिक वर्षका लागि ५१ करोड ७६ लाख ६३ हजार ८ सय १५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्। नगर सभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित २ करोड ९० लाख १९ हजार २ सय ५१ रुपैयाँ घटी बजेट पारित गरिएको हो।
नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले पत्रकार सुनिल रजकलाई जानकारी दिए।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू