rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

ठूलो सेटिङ्गको साथ पत्रकार रघुनाथ गुप्तालाई कुटपिट

सिताराम साह // आषाढ ०८ गते 

गौरबाट सिसवा घर जाने क्रममा अहिले राति ९:०० बजेको क्रममा ५/७ जनाको समूहले केही कर्मचारी, केही पत्रकार, केही नेता र केही व्यवसायीको ठूलो सेटिङ्गमा जिरो ग्राउन्ड अभियानबाट चिनिएका पत्रकार रघुनाथ गुप्तालाई गौर स्थित सिवाङ्गी पेट्रोल पम्प अगाडि लछारपछार, हातपात, दुर्ववहार र कुटपिट गरिएको छ ।

 

यहीँ रबैया रह्यो भने यहाँ कुनै पत्रकार सुरक्षित रहदैन किन भने यसमा हमला गराउने पनि हाम्रै भित्रको होला नेता र कर्मचारीमा त्यति दम छैन जे होस आज उ परेको छ भने भोलि अरू पत्रकार पनि पर्नेछ अपराधी मन्सिकता भएको व्यक्तिको सिकार हुनेछ किन कि नेता र कर्मचारीको ठेकेदार अहिले पत्रकार नै लिएको छ कुनै नेता वा कर्मचारीको बारेमा केही लेख्यो की उसको पक्षमा कार्यकर्ता भन्दा बढी पत्रकार नै अगाडि आएर आफ्नै पत्रकारसँग लडाइँ, गाली बेइज्जती, कुटपिट गर्न अहिले पत्रकार नै ठेकेदारी लिइरहेको छ । त्यति मात्र होइन समाजिक संजालमा चरित्र हत्या गर्न पनि कुनै कसर छोड्दैन यहीँ कारणले रौतहटको पत्रकार भन्दा कुकुरको हिम्मत सडकमा हिड्न बढी होला किन कि यसको आफन्त भित्र यति डाह छैन जति रौतहटको पत्रकारिता भित्र छ ।

कुटाइ खाएको पत्रकार रघुनाथ गुप्ता कुनै कर्मचारी, व्यवसायी, नेता लगायतको बिरोधमा केही गलत गरेको छ भने देशमा कानुन छ कानुनी बाटो अपनाएर सजाय गराउन सकिन्छ तर बाटो हिड्ने वा घर गइरहेको वेला घेरेर केही रकमी चलखेल गराइ कुटपिट गराउनु कतिको जायज हो ।

 

रघुनाथ गुप्ता पैसाको लागि सुचना माग गर्छ भने सबैले हल्ला फैलाएको छ हुन्न पनि सक्छ पनि ठोकुवा भन्न सक्दिन कि उ इमानदार छ तर अरू पत्रकारहरू के गरेर आफ्नो राजा जस्तो जिन्दगी बिताइरहेका छन् । समाचारको धम्की, समाचारले चाकडी, व्यवहारिक चाकडी, नैतिक पत्न गुलामी लगायत अन्य कार्य गरिरहेका छन् कि छैन केही पत्रकार यसमा इमानदार पनि छन तर केही गलत प्रवृत्तिको व्यक्तिका कारण आज रौतहटमा सबभन्दा कमजोर पत्रकार नै बनेको छ ।

समाचार “स” लेख्न नआउने वा नजानेको व्यक्ति रौतहटमा पत्रकार रहेको छ, समाचार लेख्ने बोल्ने, पढ्ने पत्रकारको केही महत्त्व छैन यो सबैको कारणले रौतहटको पत्रकार अहिले सबैको साझा भाउजू बनेको छ जसलाई जे मन लाग्यो गर्दिने कार्य जारी छ ।