rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

सुनिल रजक रौतहट जेठ १६ गते।

नेपाल सरकारले ७५३ वटै स्थानीय तहलाई निर्देशन गरे बमोजिम नगरपालिकाले बढ्दो बेरोजगारीको समस्यालाई साधानका लागी आन्तरिक रोजगारी सिर्जना गरी वाध्यात्मक वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने उद्देश्यले रोजगार रणनीतिक योजना ‘२०८०’ जारी गरेको हो ।

स्थानीय तहभित्रै आवश्यक रोजगारीका अवसर सिर्जना गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी दक्ष, सिपयुक्त, प्रतिस्पर्धी र क्षमतावान् जनशक्ति तयार गर्ने अभिप्रायले रणनीतिक योजना तयार गरिएको नगरपालिकाले जनाएको छ ।

यस रणनीतिक योजनाले प्रतिस्पर्धात्मक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।