Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

सुनिल रजक बैशाख २८ गते। रौतहट मिडिया न्युज डेस्क

विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा मंगलबार देखि सुरु भएको छ । देशभरका चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि देशभरका परीक्षा केन्द्रमा ‘हार्डकपी’ प्रश्नपत्र छपाइ नगरी इमेलमार्फत केन्द्रमा पठाएर कक्षा १२ को परीक्षा सञ्चालन भइ रहेको छ।

परिक्षाको हिजो दोस्रो दिन अनिवार्य नेपालीको परीक्षा भएको र देशभर मर्यादा पालना गरी परीक्षा सञ्चालन भएको खबर आएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएको छ। साथै यस वर्ष बोर्डले देशभरका १२ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन भइ रहेको बताउनु भएको छ। कोभिडको समयमा होम सेन्टरमा परीक्षा सञ्चालन हुँदा ४४ सयभन्दा बढी केन्द्र कायम गरिएको थियो। यसपटक इमेल, इन्टरनेट, फ्क्याक्स सुविधा भएका विद्यालयमा मात्रै परीक्षा केन्द्र कायम गरिएको छ ।

७७ वटै जिल्लामा केन्द्र कायम भएका छन् । बोर्डको तथ्यांकअनुसार धेरै विद्यार्थीको रोजाइमा परेका विषयमा एकाउन्ट, इकोनोमिक्स छन् । त्यसैगरी, सबैभन्दा कम परीक्षार्थी बौद्ध दर्शनमा जम्मा सातजना छन् । दर्शनशास्त्र, मनोविज्ञानमा पनि विद्यार्थी संख्या कम छ ।

You may have missed