Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

नगरप्रमुख प्रदीप यादव द्धारा प्रयोगशाला र लैव सेवाको उद्घाटन

सुनिल रजक रौतहट बैशाख १५ गते।

बौधीमाई नगरपालिका-६ सि पिपरिया स्वास्थ्य चौकीमा प्रयोगशाला र लैव सेवाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

प्रयोगशाला र लैवको उद्घाटन गर्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले स्वास्थ्य र शिक्षा जस्ता आधारभुत आवश्यकता स्वयम राज्य आफैले पुरा गर्नुको सट्टा स्थानिय स्तरमा जिम्मेबारी सुम्पने गरेको बताउनुभयो ।

नगर प्रमुख यादवले फरक प्रसंगमा देशको वर्तमान राजनितिमा अहिले ठुलो विचलन् आएको भन्दै गत निर्वाचनमा सत्ता स्थायित्वको मत लिएर आएका राजनैतिक दलले अहिले आफैलाई सम्हाल्न नसकि देशलाई नै अराजकता तर्फ लैजाने खेल खेलेको बताउनुभयो । गैरेले सत्ता स्थायित्वकोे लागि जनताले दिएको मतको कदर नभएको भन्दै अबको निर्वाचनमा जनताले नै त्यसको गतिलो जवाफ दिने समेत बताउनुभयो ।
त्यस्तै बौधीमाई नगरपालिकाद्धारा सि पिपरिया स्वास्थ्यचौकीमा प्रयोगशालाको उद्घाटन गर्दै नगरपालिकाका नगर उपप्रमुख प्रमिला देवी जयसवालले स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो धन रहेको भन्दै बौधीमाई नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई अझै प्रभावकारी बनाउछु भने समेत प्रतिवदता गर्नु भयो।

 

उक्त कार्यक्रममा बौधीमाई नगरपालिका-६ को वडा अध्यक्ष गगन देव यादव, वडा नम्बर-२ को वडा अध्यक्ष धर्मेन्द्र पटेल, कार्यपालिका सदस्य सुनिल जयसवाल, प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की, सि पिपरिया स्वास्थ्य चौकीका इन्चार्ज प्रमानन्द गुप्ता, नेकपा एस का युवा नेता रमेश जयसवाल, माण्डवी संस्थाका नेहा साह, नेपाल भारत-बिहारका मसहुर हास्य कलाकार कामेश्वर यादव उर्फ मोबिलवाको लगायत स्थानीय जनप्रतिनिधि तथा स्थानीय भर भलादमी जन्ताहरुको साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

You may have missed