सिताराम साह // पुष २३ गते, रौतहट
रौतहटमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा यमुनामाइ गाउँपालिका ५ झुनखुनवा टोल फतुवाका ७० वर्षिय वृद्ध लालमहम्द मियाँ कवारी रहेका छन् ।
जुम्माको दिन शुक्रवार दिउँसो नामाज पढेर घर फर्किने क्रममा एक्कासी चिसोले कठ्यांग्रिएर मृत्यु भएको मृत्कका छोरा कलाम मियाँ मन्सुरीले जानकारी दिए । तराईमा एक सातादेखिको शीतलहर कायमै रहेको छ ।
चिसोले जनजिवन कष्टकर बनेको छ । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन् ।
सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ । चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ । चिसोको मौसममा अति आवश्यक काम बाहेक बाहिर न निस्कन चिकित्सहरुले सुझाव दिएका छन् ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।