सिताराम साह // असार ०३ गते, रौतहट
रौतहटको मौलापुर नगरपालिकाको नगर अधिवेशन असार १० मा आह्वान भएको छ । मौलापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पतौराले आगामी आर्थिक वर्षको लागि बजेट अधिवेशनको रुपमा चिनिने नगर सभाको छैटौँ बजेट अधिवेशन असार १० मा आह्वान गरिएको हो । नगर प्रमुख रिनाकुमारी साह असार १० मा नगरको बजेट आह्वान गरिएको जानकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गराएका छन् । नगरसभाका सम्पूर्ण सदस्यलाई असार १० मा नगरपालिकाको सभाहलमा बिहान ११ बजे नगरसभाको लागि बोलाइएको हो । यसै गरी परोहा नगरपालिकाले पनि असार १० गते परोहा नगरपालिकाको सभाहलमा बिहान ११ बजे नगर प्रमुखको निर्देशनअनुसार नगर सभाहलमा आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुुज अहमदले जानकारी गराएका छन् । असार १० मा नै पालिकाको नगरसभा हुने व्यवस्था रहेको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।