सिताराम साह // जेष्ठ ०७ गते, रौतहट
नेकपा एसबाट रौतहटको गढीमाई नगरपालिका वडा नम्बर १ हरैयामा नवनिर्वाचित वडा अध्यक्ष रामपुकार यादवले विजय जुलुस निकाल्दा झडप सृजना भएको हो।
यादवले निर्वाचित भएपछि आफ्नो वडमा शान्तिपूर्ण तरिकाले विजय जुलुस निकाल्न जादा निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका निवर्तमान वडा अध्यक्ष रामविनय यादका समर्थकहरुले संघातिक हमला गरेको बताएका छन्।
सो हमलाका कारण दर्जनौं व्यक्ति घाइते भएको नवनिर्वाचित वडा अध्यक्ष यादवले बताए ।
नवनिर्वाचित वडा अध्यक्ष यादवले निवर्तमान वडा अध्यक्षको घरबाटो भएर जुलुस निकालिएको आक्रोशमा आफ्नो घरको छतबाट ढुङ्गा,मुडा गर्न थालेको आरोप लगाउदै सो आत्मघाती हमलाबाट हाम्रो पक्षको दर्जनौं व्यक्ति र ३ जना सुरक्षाकर्मी घाइते भएको बताए।
सो घटनालाई नियन्त्रणमा लिन प्रहरीले केही व्यक्तिलाई पक्राउ तथा केही राउन्ड हवाई फायर गरेको एक स्थानीयले बताए।
सो घटना बारे गरुडाका डिएसपी बरुण बहादुर सिंहसँग बुझण प्रयास गर्दा निजको फोन उठेन।
पत्रकार रन्धिर साह अनुसार हाल सम्म पुरै गाउँ तनावग्रस्त रहेको छ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।