rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक प्रहरीको फन्दामा

रौतहट मिडिया न्यूज डेस्क // चैत्र १७ गते

सप्तरीमा म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै ठगि गर्ने एकजना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका वडा नं. २ का २३ वर्षीय अरबिन्द कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरेका बिभिन्न व्यक्तिहरुलाई जागिर लगाइदिन्छु भनी रकम लिने गरेका मण्डललाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

 

पक्राउ परेका मण्डल हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।