rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

श्रीमान गुमाएकी रेखा सदायलाई नेबि संघका नेता यादवको पहलमा राहत सहयोग

महेश सिंह // माघ १९ गते, सिरहा

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर २ पटना टोलमा घरायसी विवाद हुँदा बुवाले आफ्नै छोरालाई बन्चरो प्रहार गरेर हत्या गरेका थिए।

 

उक्त शोकाकुल परिवारलाई नेपाल विद्यार्थी संघका युवा नेता तथा स्थानीय समाजसेवी पपु कुमार यादवको विशेष पहलमा राहत सहयोग गरेका छन्।११ गते मंगलवार बिहान ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नै ३० वर्षीय जेठो छोरा परमेश्वर सदायको हत्या गरेका थिए ।

 

स्वर्गीय सदायको एक श्रीमती र २ छोरा र ३ छोरी छिन घरको कामाउने बुवा गुमिसके पछी ऊनीहरुलाई हातमुख जोडन गाह्रो भएको छ।उक्त शोकाकुल परिवारलाई दु:ख हेर्न नकसिदा स्थानीय नेबि संघका युवा नेता पपु कुमार यादवको विशेष पहलमा हात मुख जोडन राहत सहयोग गरेका छन।

 

समाजसेवीहरुको एक समुहले पीडित रेखा सदायकि लागि ३ थान कमल,१ बोरा चामल,३ हजार नगद रुपैया दिएर सहयोग गरेका छन्।नेपाल रेडक्रस लहान सखाको सभापति फुलेश्वोर महतो र कोषाध्यक्ष जय कृष्ण यादव,स्थानीय तथा नेपाली काङ्ग्रेसका वडा सभापति हरे राम यादव,नेपाल विद्यार्थी संघका युवा नेता पपु कुमार यादवको विशेष पहलमा राहत सहयोग भएको छ।