ओमप्रकाश यादव // माघ १५ गते, रौतहट
विगत ७ वर्षदेखि आर्थिक अभावका कारण उपचार गराउन नसकी अनेकौं समस्या भोग्दै आएका मधेश आन्दोलनका घाइते ३० वर्षीय रणवीर कुमार सिंहले आर्थिक सहयोग पाएका छन् ।
सेवा केन्द्र विस्तारको विरुद्ध २०७० सालमा भएको आन्दोलनको क्रममा रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रहरी र आन्दोलनकारी बीच भएको झडपको क्रममा प्रहरीको ३ वटा गोली लागेर गम्भीर अवस्थामा घाइते भएका राजदेवी नगरपालिका–५ पताहीका जिउँदो सहिद सिंहलाई मधेश सरकारले दोस्रो पटक एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आर्थिक समस्याको कारण उपचारबाट समेत वञ्चित भएका सिंहले उपचार नभए प्रदेश सरकारको प्रदेश सभा अगाडि नै जीवन उत्सर्ग गर्ने दिएको चेतावनी बारे विभिन्न संचार माध्यममा समाचार सम्प्रेषण भए पछि मधेश सरकारका प्रतिनिधि कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले शुक्रबार पीडितको घरमा पुगेर एक लाख रुपियाँको चेक प्रदान गरेका हुन् । यस अघि घाइते सिंहलाई प्रदेश सरकारले १ लाख रुपैयाँ सहयोग गरेको थियो । आन्दोलनका घाइते सिंहलाई राज्य मन्त्री यादवले कम्बल ओढाएर सम्मान गर्दै चेक हस्तानान्तरण गरी अन्य सहयोगको लागि प्रदेश सरकारसंग पहल गर्ने प्रतिवद्धता जनाए । सिंहलाई प्रदेश सरकारको तर्फबाट जीविकोपार्जनकालागि एउटा दुधालु भँैसी पनि सहयोग गरिएको जानकारी राज्य मन्त्री यादवले जानकारी दिए ।
मधेश सरकारले एक लाख रकम दिएर पनि उनको पारिवारिक समस्या समाधान हुने अवस्था रहेको छैन । आय स्रोतको दीर्घकालीन व्यवस्था नभएसम्म घाइते सिंहको समस्या समाधान हुने अवस्था नरहेकोले मधेश प्रदेश सरकारले उनको परिवारका सदस्यलाई रोजगारी दिनु पर्ने आवश्यकता रहेको देखिएको छ । जिउँदो सहिद सिंहको छोराको शिक्षाको व्यवस्था चुनौतीपूर्ण रहेकोले सामुदायिक विद्यालयमा उच्च शिक्षा सम्मको खर्च व्यवस्थापन गर्नु पर्ने अवस्था रहेकोले यस तर्फ मधेश प्रदेश सरकारका ध्यानाकर्षण हुनु अहिलेको आवश्यकता रहेको स्थानीयवासीहरुले बताए । यसै गरी प्रहरीको गोली लागेर मृत्यु भएको राजदेवी नगरपालिका ७ मुडवालबा निवासी सहिद विद्यानन्द यादवको परिवारलाइ प्रदेश सरकारले दिएको नियुक्ति पत्रको स्थनीय सरकारका प्रमुखले कुनै वास्ता नगर्दा परिवार बिचल्लीमा परेका छन् । तत्कालीन प्रदेश २ सरकारले सहिद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुसार सहिद यादवको पत्नीलाई २ बर्ष पहिला नियुक्ति दिएको थियो । राजदेवी नगरपलिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले राजनीतिक रुपमा सो नियुक्तिको कार्यान्वयन नगरी अरुलाई नियुक्ति गरेपछि प्रदेश सरकारका नियुक्ति पत्र कागजको सेतो टुक्राको रुपमा पीडितको घरमा थन्किएको हँुदा सोको कार्यान्वयन तर्फ मधेश प्रदेश सरकारले गम्भीर रुपमा ध्यान दिनु आवश्यकता देखिएको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।