वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा ।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरे ।
विद्यार्थीको पढाइ पु-याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।