महेश सिंह // पौष १८ गते, सिरहा
सिरहाको लहान नगरपालिका स्थित संचालनमा रहेको लहान क्यान्सर केयर सेन्टरलाई काठमाडौंको एक संस्थाले ५० लाख बराबरको सम्मान सहयोग गरेको छ।लहान नगरपालिका वडा नम्बर ७ स्थित अबस्थित रहेको लहान क्यान्सर केयर सेन्टरलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन्।
नेपाल क्यान्सर रिलिफ सोसाइटीका केन्द्रिय कर्यबाहक अध्यक्ष महेश श्रेष्ठ,बिमल वडा,किरण श्रेष्ठ लगायतका ब्यक्तीहरुले ५० लाख बराबरको ल्याबका सम्मानहरु सहयोग गरेका छन्।उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोक लाल अमात्य र सम्बन्धित वडाको अध्यक्ष राकेश रोशन गुप्ताको रोहबरमा उक्त सम्मानहरु सहयोग गरेका छन्।
क्यान्सर रोगबाट ग्रसित भएका बिरामीहरुलाई चेक जाँचमा थप सहयोगका लागी उक्त सम्मानहरु सहयोग गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।