जितेन्द्र कुमार यादव // पौष १० गते, रौतहट
रौतहट जिल्लाको मध्य भाग गरुडा बजार चौकमा सार्वजनिक शौचालय नहुदा सर्वसाधारण जनताहरुलाई शौच गर्न पिसाब फेर्न समस्य भएकोले रमेश यादव बताएका छन ।
सार्वजनिक शौचालय बनाउनुपर्ने आवश्यकता देखिएको छ। गरुडा चौकमा हाट बजार गर्ने मानिसहरूको भिडभाड अत्यधिक देखिन्छ ।
गरुडा सार्वजनिक स्थलमा शौचालय निर्माण नहुदाँ विभिन्न अस्पताल, विद्यालय तथा सरकारी कार्यालयहरुमा निर्माण गरिएका शौचालयहरु समेत हाटबजार गर्ने मानिसहरू दिसापिसाब गर्दै आईरहेको छ ।
सार्वजनिक शौचालयको प्रयोग विशेष गरी पैदल यात्रुहरूले गर्ने गरेका छन्। गरुडा बसपार्क, तरकारी बजार तथा अन्य सामान किनमेल हुने स्थान लगायतका व्यस्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा मानिसहरूले जताततै दिसापिसाब गर्ने गरेको पाइन्छ।
सार्वजनिक शौचालय सबैले देख्ने स्थानमा नहुदा शौचालय गर्ने अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूलाई
गरुडा बजारमा दैनिक हजारौं मानिसको दिसापिसाब गर्ने समस्य भई रहेको छ ।
गरुडा चौक तीव्र गतिमा शहरीकरण बिस्तार हुदै जदाँ एउटा सार्वजनिक शौचालयको व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जाने स्थानीय रबिन्द्र पटेलको भनाइ छ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।