rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

नाम मधेस नभए राजधानी जनकपुर हुँदैन : राज्यमन्त्री यादव भनाई

रौतहट मिडिया न्यूज डेस्क // पौष ०९ गते

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम मधेस प्रदेश नभए राजधानी जनकपुरधाम नहुने बताएका छन्। शुक्रवारको प्रदेशसभा बैठकमा बोल्दै यादवले नाम मधेस प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन्।

 

प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै राज्यमन्त्री यादवले भने, ‘राजनीतिक सवालमा राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ। स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्वीकार गर्ने, भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगोस्, यो मेरो मिथिलावासीसँग आग्रह हो।’

 

राज्यमन्त्री यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने बताउँदै भने, ‘यदी तपाई चाहनुहुन्छ कि चित पनि मेरो र पट्टपनि मेरो तब हुन सक्छ हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरा तर्फ लगौँ, यदी मधेस तपाईलाई पसन्द छैन भने जनकपुरधामपनि हामीलाई पसन्द छैन।’