सिताराम साह // पौष १ गते, रौतहट
राैतहट जिल्लाको परोहा नगरपालिका ८ नरकटियाबाट नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी थाना घोडासहन ग्राम श्रीपुर पंचायत कबैया बस्ने २६ वर्षीय विकाश जयसवाल र ३२ वर्षीय अजय प्रसाद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिनुभयो ।
प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदैँ गरेको दुवै जनालाई शंकास्पद अवस्थामा चेक गर्दा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बुधबार दिउँसो १२:४५ बजेतिर ६९ हजार ५ सय नेपाली नोटसहित हिरासतमा लिएको थियो ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।