rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

राष्ट्रिय पत्रकार संघ रौतहट द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

राष्ट्रिय दलित पत्रकार संघ, रौतहट जिल्ला कार्यसमितीद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ । “लोकतन्त्रको मूल आधार सम्मान, सहभागी र विभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज“ भन्ने मूल नाराका साथ बृन्दावन नगरपालिका–८ बहुअरीस्थित दलित भवनको सभाहलमा बिहीबार कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा संघका अध्यक्ष एवम् बृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य ८राजेश पासवान (निर्माणी)८को अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् राष्ट्रिय दलित पत्रकार महासंघका केन्द्रीय सचिव सिकिन्द्र पासवान रहनुभएको थियो भने बृन्दावन नगरपालिका–८ का वडाअध्यक्ष रविन्द्र प्रसाद साह विशिष्ट अतिथि रहनुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिकिन्द्र पासवानले दलित समुदायको ठूलो जनसंख्या हुँदाहुँदै पनि संगठनात्मक एकताको अभावका कारण केन्द्रदेखि स्थानीय तहसम्म अपहेलित हुँदै आएको तथ्य औंल्याउनुभयो । उहाँले समाजमा अझै पनि दलित समुदायलाई अपमान, अपहेलना र छुवाछूतको आरोपसहित नकारात्मक दृष्टिकोणले हेरिने गरेको भन्दै सबै दलित पत्रकार, अगुवा तथा समुदाय एकजुट भएर विभेदविरुद्ध लड्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सभाका सभापति एवम् संघका अध्यक्ष राजेश पासवान (निर्माणी)ले दलित समुदायलाई सधैं अपमान गर्ने सामन्तवादी सोचको अन्त्य गर्न दृढ आवाज उठाउनु पर्ने बताउनुभयो । उहाँले “हामीलाई सधैं दबाउने सोचविरुद्ध खडा भइ समाजमा बराबरीको दृष्टिकोण कायम गर्न अब नेतृत्व तहका सम्पूर्ण दलित अगुवाहरु जिम्मेवार बन्नु जरुरी छ,” भन्दै एकता र सचेतनाको खाँचो औंल्याउनुभयो ।कार्यक्रममा अन्य वक्ताहरुले पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको भन्दै सबै तहका दलित पत्रकार, बौद्धिक तथा सामाजिक अभियन्ताहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका थिए । कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.७का वडाअध्यक्ष जगरनाथ प्रसाद भेडिहर, फतुवा बिजयपुर नगरपालिकाको मेयर प्रत्याशि बिजय यादब निर्विज, राष्ट्रिय दलिप पत्रकार महासंघ बाराको अध्यक्ष उपेन्द्र पासवान, दलित अगुवा नेपाल पत्रकार महासंघ बाराको उपाअध्यक्ष पन्नालाल दास, बरिष्ठ दलित अधिकारकर्मि रामबिनय पासवान, धर्मेन्द्र पासवान, मटुक पासवान, प्रधानाध्यापक एवम् दलित अभियन्ता रामअधार पासवानले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । यस अवसरमा उपस्थित सम्पूर्ण पाहुनाहरुले विजया दशमी, दिपावली तथा छठजस्ता महान हिन्दू पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरेका थिए ।कार्यक्रमलाई मधेश जन आवाज एफएम ९८.६ मेगाहर्जका समाचार प्रमुख रमेश कुमार यादव र प्रदिप दासले सञ्चालन गर्नुभएको थियो ।