रौतहट जिल्लाको दक्षिणी भेगमा अवस्थित बौधीमाई नगरपालिका वडा नं.७ बंकुल बजारमा रहेको चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि.को तेस्रो बार्षिक उत्सवको अवसरमा यस क्षेत्रका आमजनमानसको स्वास्थ्यलाई ध्यानमा राखी निम्न कार्यक्रम सो हस्पिटलको अध्यक्ष नवल किशोर यादवको अध्यक्षताम तेस्रो वार्षिक उत्सवको उपलक्ष्यमा विशेषज्ञ शिविर सम्पन्न भएको साथै रक्तदान कार्यक्रम समपन्न भएको र उक्त रक्तदान कार्यक्रममा जम्मा १५ जना ले रक्तदान गर्नु भएको थियो। उक्त कार्यक्रममा साउथ सिटि हिमाल हस्पिटल का संचालक श्री सन्देश कुमार यादव , सहित
विशेषज्ञटोलिके नामावली:-
१.डा. एनी पाण्डे(बरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ)
२.डा. रन्जित यादव(बरिष्ठ फिजिसियन)
3.डा. प्रिति यादव(बरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ)
४.डा. बिकाश साह(बरिष्ठ बालरोग विशेषज्ञ)
५.डा. मुकुन्द प्र. यादव(बरिष्ठ सर्जन)
६.डा. सुमन राउत(बरिष्ठ नाक, कान तथा घाटीरोग विशेषज्ञ)
डा सन्देश कुमार यादव,अमृत कुमार अधिकारी का सहित आत्म हत्या रोकथामका लागि CMC बाट निलु झा,त्यस्तै बौधीमाइ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तारकेश्वर पटेलको साथी नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य चौकीका
स्वास्थ्यकर्मीहरु को साथै बौधीमाई नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुरुन्त राय यादव,वडा नं.०५ का वडा अध्यक्ष लक्ष्मी नारायण यादव,बौधीमाई नगरपालिका कार्यालयका राष्ट्र सेवक कर्मचारीहरु,विभिन्न पार्टीका जनप्रतिनिधिहरु,शिक्षक/शिक्षिका, भद्रभलादमीहरु लगायत करिब ५०/५५ जनाको सहभागीता रहेको। सो कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर अमरेश कुमार यादवले थाइराइड डेस्कको घोषणा गर्दै उक्त थाइराइड डेस्क चन्द्र ज्योती कान्ति डाइग्नोस्तिक सेन्टर गौरको सहयोगमा मात्र ६०० (छ सय) मा सधैको लागि थाइराइडको जाँच हुने उदघोश गर्दै सामान्यतया परिचय दिदैँ क्षयरोग चरम निराशा,तनावलाई यस्तो दुर्घटनाको कारण औंल्याउने गरिए पनि आत्महत्या घटनामा एउटैमात्र कारण हुदैन। ७०/७५ प्रतिशत आत्माहत्या भने मानसिक स्वास्थ्य समस्याका कारणले हुन्छन्। त्यस वाहेक ब्यक्तिका मनोबैज्ञानिक,वंशाणुगत र सामाजिक अवस्थालाई पनि आत्महत्याको कारण मानिएको छ। सामाजिक आर्थिक कठिनाई र बेरोजगारीको समस्याका कारण मानिसमा तनाव र अवसाद बढ्छ र आत्महत्याका घटना बढ्न सक्ने सम्भावना हुन्छ्। आत्महत्या दु:खद दुर्घटना र अकाल मृत्यु हो भन्ने कुरा जनचेतना बढाउन आवश्यक छ। आत्महत्याको सोच स्वास्थ्य समस्याको समयमै निराकरण नहुदाको परिणाम हो। जुन सोचलाई व्यवस्थापन गर्न सकिन्छ भनेर मार्गदर्शन गर्न सकिन्छ। आजको परिस्थिति र घटनाले तनाव निम्त्याए पनि भोलिका दिन सुखद हुन्छ भनेर सर्वसाधारणमा सकारात्मक चिन्तन फैलाउन सके आत्महत्या केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ। सो कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन्। एकदिने नि:शुल्क विशेषज्ञमा ४०/४५ जनाको स्वास्थ्य परिक्षण गरिएको। उक्त कार्यक्रम १७:०० बजेतिर समाप्त भएको थियो।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।