rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

वडाध्यक्ष चन्दन कुमार कुशवाहाको नेतृत्वमा लगातार शैक्षिकर खेलकुद सञ्चालन

दिपेस कुमार शाह | रौतहट, असार १२

रौतहट जिल्लास्थित कटहरिया नगरपालिका वडा नं. ४ ले शिक्षा र खेलकुदको समन्वित विकासमार्फत ग्रामीण क्षेत्रका युवाहरूको प्रतिभा उजागर गर्न तीनवटा महत्वाकांक्षी कार्यक्रमको आयोजना गरेको छ। वडाध्यक्ष चन्दन कुमार कुशवाहाको नेतृत्वमा लगातार सञ्चालन हुँदै आएका यस्ता कार्यक्रमहरूले नगरभित्रको शैक्षिक र खेलकुद वातावरणलाई सशक्त बनाउन उल्लेखनीय योगदान पु¥याएका छन्।

 

यस वर्ष सञ्चालन हुने कार्यक्रमहरूमा अन्तरविद्यालयीय वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता र वडा स्तरीय क्रिकेट सामग्री वितरण कार्यक्रम रहेका छन्। यी कार्यक्रमहरू विद्यालयस्तरका विद्यार्थी तथा स्थानीय युवा लक्षित गरी संचालन गरिँदैछन्।

 

वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामार्फत बालबालिका तथा किशोर/किशोरीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, समूहमा काम गर्ने कौशल तथा खेलकुदमा सहभागिता बढाउने उद्देश्य लिइएको छ।

 

शिर्षक: “संस्कार सहितको शिक्षा आजको आवश्यकता”

सामुदायिक विद्यालयका कक्षा ९ र १० का छात्र–छात्राबीच हुने उक्त प्रतियोगितामा नेपाली र अंग्रेजी भाषामा छुट्टाछुट्टै विद्यार्थीहरूले प्रस्तुति दिनेछन्। यसले उनीहरूको भाषिक क्षमता र नैतिक मूल्य विकासमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

 

मिति: २०८२ असार १६ गते सोमबार समय: बिहान ८:३० बजे स्थान: विवाह भवन, कटहरिया बजार

 

सहभागिता अनिवार्य कक्षा ९ र १० का १ छात्रा र १ छात्र फरक विद्यार्थीबाट नेपाली र अंग्रेजी भाषामा प्रस्तुति शिक्षक प्रतिनिधिको उपस्थिति आवश्यक

 

कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको समग्र शैक्षिक ज्ञान, विश्लेषणात्मक सोच र शीघ्र उत्तर दिने क्षमताको परीक्षणका लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ।मिति: २०८२ असार १५ गते आइतबार

समय: बिहान ८:३० बजे स्थान: श्री आ.वि. फतेपुर, कटहरिया–६

 

सहभागिता अनिवार्य:कक्षा ६, ७, ८ का ३ विद्यार्थी (१ छात्रा, २ छात्र) शिक्षक प्रतिनिधिको उपस्थिति अनिवार्य

 

स्थानीय युवा प्रतिभालाई खेलकुदमा प्रोत्साहित गर्न वडा नं. ४ ले क्रिकेट सामग्री वितरण कार्यक्रम पनि आयोजना गर्दैछ। यो कार्यक्रमले खेलकुद क्षेत्रमा अभिरुचि भएका युवाहरूलाई थप सक्रिय बनाउने विश्वास लिइएको छ।

 

आवेदनको अन्तिम मिति: २०८२ असार १४ गते स्थान: वडा कार्यालय नं. ४, कटहरिया समय: बिहान ११:०० बजे

 

आवश्यक कागजातहरू: सिनियर टिम (उमेर १५–२० वर्ष):जन्मदर्ता प्रमाणपत्र नागरिकताको प्रतिलिपि

सामग्री: टेनिस बल सेटजुनियर टिम (उमेर १०–१५ वर्ष):

जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

 

वडा नं. ४ का वडाध्यक्ष चन्दन कुमार कुशवाहा यी कार्यक्रमहरूको संयोजनकर्ता मात्र नभई, पूर्व क्रिकेट कप्तान र कटहरिया स्टेडियम निर्माणका अगुवा समेत हुन्। शिक्षामैत्री, अनुशासनप्रेमी र खेलकुदप्रेमी व्यक्तित्वका रूपमा उनी कटहरिया क्षेत्रका युवाहरूबीच प्रेरणाको स्रोत बनेका छन्।

 

 

शिक्षा र खेलकुद व्यक्तित्व विकासका दुई सशक्त माध्यम हुन्। यी कार्यक्रमहरू केवल प्रतियोगिता मात्र होइनन्, युवालाई उजागर गर्ने प्लेटफर्म हुन्। समुन्नत समाज निर्माणका लागि शिक्षित, अनुशासित र उत्साही युवाको भूमिका अत्यावश्यक छ।

 

शिक्षा र खेलकुदको सशक्त संयोजनमार्फत वडा नं. ४ ले स्थानीय शासनको गतिशील र उत्तरदायी कार्यशैलीको उदाहरण प्रस्तुत गरेको छ। यस्तो प्रयासले राष्ट्रिय स्तरमै उदाहरणीय कार्यको पहिचान पाउन सक्नेछ।