दिपेश कुमार शाह // असार १० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत डुमरिया, वडा नं. ९ मा रहेको श्री मा.वि. डुमरियामा नयाँ चार कोठे दुई तल्ले विद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ।
शिलान्यास कार्यक्रम नगर प्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रीता देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवल किसोर ठाकुर, शिक्षा संयोजक सुरेन्द्र ठाकुर, वडा अध्यक्ष समिश विक्रम शाह, युवा नेता तथा समाजसेवी प्रमोद जयसवाल लगायत स्थानीय बासिन्दा, विद्यालय कर्मचारी, मित्र पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ विद्यालय भवनको निर्माणपछि विद्यार्थीहरूलाई पठनपाठनका लागि सहज वातावरण बन्ने अपेक्षा गरिएको छ। कार्यक्रमलाई सफल बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता रहँदै आएको आयोजक पक्षले जनाएको छ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।