रौतहट असार ९ गते।
नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले गृह जिल्ला सर्लाही क्षेत्र नं ४ मा विगत केही महिना देखि केही राजनेतिककर्मीहरुको उस्काहट र संरक्षणमा केही अराजक तथा उतश्रृखल व्यक्तिहरुले विभिन्न ठाउँमा प्रहरी सर्वसधारण आम नागरिक माथि संघातिक आक्रमण गरेर सिङ्गो क्षेत्रवासीलाई आतङ्कित र त्रसित पार्ने कार्यप्रती घोरआपत्तिजनक निन्दनीय छ। श्रृङ्खलाबद्ध त्रसित गर्ने अराजक मचाउनेलाई कारबाही गर्न माग गरेका छन् ।साथै आफ्नो क्षेत्र बासीलाई नेता सिंहले यस्ता अराजक र उतश्रृखल कार्य गर्ने गराउने व्यक्तिहरुसंग सचेत रहन सम्पूर्ण क्षेत्रवासीलाई अपिल गरेका छन्। तत्काल यस्ता अराजक तथा उतश्रृखल कार्य गर्न उक्साउने , संरक्षण दिने र गर्ने व्यक्तिहरुको पहिचान गरी कानुन बमोजिम काडा भन्दा कडा कारबाही सहित सामाजिक सञ्जाल फेसबुक मार्फत आग्रह गरेका हुन्। सर्लाहीमा लगातार भइरहेको यी र यस्ता अपराधिक घटनाले आमजनतामा त्रासको स्थिति सृजना मात्र नभई सुरक्षा निकायको कार्यक्षमतामाथी नै गम्भिर प्रश्न खडा भएको पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव निकेश त्रिपाठीले गम्भीर चिन्ता व्यक्त गरेका हुन।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।