सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै थापासहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । प्रवक्ता घिमिरेले मुक्तानलाई ३० करोड २९ लाख रुपियाँ बिगो कायम गर्नुपर्ने माग गरेको जानकारी दिनुभयो ।
यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ ।
त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरेले दिनुभयो ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।