रूपेश यादव
रौतहटको गौरमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज सम्पन्न भएको छ ।
गौरको शुष्मा प्यालेसमा माण्डवी रौतहटको आयोजना तथा IFES सहकार्यमा ‘She Leads : महिला नेतृत्व कार्यक्रम अन्तर्गत गौर नगरपालिकामा निर्वाचित १७ जना महिला जनप्रतिनिधिहरुलाई तालिम दिइएको हो । विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा माण्डवी सँस्थाले सञ्चालन गर्दै आइरहेको छ । समाप्न सत्रमा गौर नगरपालिकाका नगर उप प्रमुख शैल देवी साह तथा माणडवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो ।
स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ
तालिमको समाप्न सत्र बोल्दै उप प्रमुख साहले यस्ता सराहनीय कार्य गरेकोमा माण्डवी र IFES लाई धन्यवाद दिनुका साथै भविष्यमा यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताईन।साथै यस्ता किसिमका महिला जनप्रतिनिधिहरुको क्षमता विकास तालिमहरु अझै आवश्यक रहेको उहाँले जिकिर गर्नु भयो ।
यस कार्यक्रम अन्तर्गत गौर नगरपालिकाको महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो ।मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकल्न आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरीएको थियो ।महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागहरुले जानकारी गराउनु भयो ।
मध्यवर्ती तालिममा गौर नगरपालिकाको १७ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।