गणेश कुमार सिंह ,श्रावण ३१ गते ।
पुर्व पक्षको लागि थुनुवा मा राखेको माझीलाई थुनुवा मुक्त गर्न परिवार बाट रिहाको माग गर्दै धर्नामा बसिरहेका छन् ।
महोत्तरी जलेश्वर नगरपालिका–३ का सञ्जयकुमार साह र जलेश्वर–२ का प्रदीप साह माझी पुर्पक्षका लागि थुनामा राखिएका छन्। प्रदीप साह माझीलाई थुनुवा मुक्त गर्न जलेश्वरको विभिन्न चौक हरुमा परिवार जन बाट धर्नामा बसि रिहाको माग गर्दै आई रहेका छन् । जनतालाई उसकाउने दलाललाई कार्वाही गर , निर्दोष लाई रिहा गर जस्ता विभिन्न प्लेय काड बोकि श्रीमती अनिता साह र उनको छोरा सत्रोहन माझी लगायत युवाहरु धर्ना बसिरहेका छन् ।
युवा द्वारा महन्थ ठाकुरलाई चेतावनी अब मधेश आए पछि जुत्ता चप्पलको मला लगाएर पठाउने खाडा चेतावनी दिएका छन् ।
उनको छोरा सत्रोहन माझी माग जो पैसा बाला छन् उसलाई पेशीमा रिहा तर मेरो बुबा पैसा बाला छैनन् अनि रिहा हुदैनन् त्यसम मेरो बुबालाई पनि रिहा गर्नुको लागि धर्ना बसिरहेको छु ।
२०७२ साल भदौ २५ मा मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई विकको हत्या भएको थियो। विकलाई आन्दोलनकारीहरूले जलेश्वरमा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा महोत्तरी गाउँपालिका स्थित सोनउखडा भन्ने स्थानमा एम्बुलेन्सबाट थुतेरै आन्दोलनकारीहरूले खेतमा निर्घाट कुटपिट गरी हत्या गरेका थिए।
सो मुद्दामा २०७५ साउन २८ मा जिल्ला अदालत महोत्तरीले अभिराम शर्मा, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डेय, धमेन्द्र राय लगायत २८ जनामाथि मुद्दा दर्ता गरेको थियो।
तीमध्ये शर्मा प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री रहेको थियो भने मिश्र जलेश्वर नगरपालिकाका मेयर थिए । मिश्र, पाण्डेय, राय साधारण तारेखमा रिहा भइसकेका छन्।
साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा रिट दायर गरेको हो।
तर, सो मुद्दामा उच्च अदालत जनकपुरले पटकपटक पेशी तोके पनि अहिलेसम्म सुनवाइ हुन सकेको छैन।
उच्च अदालत जनकपुरका प्रवक्ता रामाकान्त यादवले अहिलेसम्म मुद्दाको १० वटा पेसी तोकिएको भए पनि अभियुक्तहरूका वकिलहरूले पटक–पटक मुद्दाको पेशी सार्दै आएको बताए।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।