सुनिल रजक झापा असार ५ गते।
चार लाख घुससहित उपसचिव, इन्जिनियर र लेखापाल रंगेहात पक्राउ
सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिने उपसचिवसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ, दमक, झापाका आयोजना व्यवस्थापक (उपसचिवसरह) हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रंगेहात पक्राउ गरेको हो।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ।
अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।