Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

प्रदीप कुमार दास रौतहट।
आषाढ ०२ गते , शनिबार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं – २ मा अवस्थित श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुरको प्राङ्गणमा हरवा चरवा अधिकार मञ्चका नगर स्तरीय कार्यसमिति गठन भएको छ । द फ्रिडम फण्डको सहयोग तथा राष्ट्रिय दलित नेटवर्क (आरडीएन ) नेपालको आयोजनामा संचालित हरवाचरवा तथा कृषि बधुवा मजदुर सबलिकरण परियोजना अन्तर्गत रौतहटको बृन्दावनमा नगर कमिटीका हरवाचरवा अधिकार मन्चको बैठकमा अध्यक्ष जयराम राउतको अध्यक्षता तथा प्रमुख अतिथि हरवा चरवा अधिकार मन्च रौतहटका अध्यक्ष बिगनेस पासवान , राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपालका सुब्बा साहेब हजारी र जिल्ला कमिटी तथा नगर कमिटीको उपस्तिथिमा बैठक सम्पन्न भएको छ । उक्त वृन्दावन नगरका नयाँ कार्यसमितिका उपाध्यक्षमा प्रदीप कुमार दास , सचिवमा डिका कुमारी ठाकुर र कोषाध्यक्षमा शोभा देवी लगायत १३ सदस्यीय नगर कमिटी सर्वसहमतिबाट गठन गरिएको हो । उक्त बैठकले स्थानीय सरकारको आगामी निती तथा बजेटमा हरवाचरवाको तथ्याङ्क संकलनको लागि बजेट विनियोजन गर्न डेलिगेसन जाने र वडा स्तरीय हरवाचरवा अधिकार मन्चको गठन गर्न नियमित गराउने निर्णय ‌‌पारित भएको हो । नगर कमिटी गठन कार्यक्रममा नगर भरिका ९ वटै वडाका प्रतिनिधिहरुको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो । त्यस्तै , नगर स्तरीय कार्यसमितिको सल्लाहकारमा रञ्जिता कुमारी दास सर्वसहमतिले चयन भएकी हुन् ।

You may have missed