Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

स्वास्थ्य कार्यालय रौतहटको प्रमुख सुरेश यादव र दिपेन्द्र राउत को जुधाइ र अनिल कर्णको रजाइ ले स्वास्थ्य कार्यालय अस्तव्यस्त।

सुनिल रजक जेठ २७ गते।रौतहट ­स्वास्थ्य कार्यालय रौतहटका नि.प्रमुख सुरेश यादव र पूर्व नि.प्रमुख दिपेन्द्र राय को कार्यलय प्रमुख बन्ने होडवाजी र आपसी जुधाइले कार्यालयको अवस्था दिनप्रतिदिन बिग्रीदै गएको छ अर्थात लगानी अनुसारको उपलब्धी हुन सकेको छैन ।
कार्यालय प्रमुख बन्न बरिस्ठ  जनस्वास्थ्य प्राशासक आवश्यक भए तापनी राजनितिक पहुचको आधारमा लगभग ९ वर्ष देखि निमित ले कार्यालय चलाइरहेका छन जसको प्रत्यक्ष असर जिल्लामा सुशासन कायम हुन सकिरहेका छैन । यसरी पनि तथ्यांक मा सब भन्दा पछाडि परेको रौतहट जिल्ला अनेक कारण मध्ये एक कारण नि.प्रमुख पनि हो।
निमित प्रमुखलाई मिलाउदै र बढी पेशकी रकम लिइ कागज मिलाउन व्यस्त जिल्लामा १०वर्ष भन्दा बढी समय देखि राजनितिक पावरको बलमा राज गर्ने अर्का पात्र हुन खोप अधिकृत अनिल कर्ण ।१२५०००००/-एक करोड पच्चीस लाख भन्दा बढी पेशकी रकम लिइ जेष्ठ र असार महिनामा कागज मिलाउन व्यस्त छन ।भता बनाउने चक्करमा कार्यालयको सुविधा सम्पन्न तालिम हल हुदाहुदै कहिले चन्द्रपुर त कहिले गरुडा को होटेलमा कार्यक्रम गरि बजेट पचाउन भयाइ नभ्याइ भएका छन ।खोप जस्तो सम्बेदन शिल कार्यक्रम मा पनि कागज मिलाइ सम्पन्न गरिरहेका छन ।यता स्वास्थ्य चौकिमा औषधी अभाव छन तर पालिकालाइ दिन नमिल्ने भनी जिल्ला को स्टोरमा औषधिको म्याद गुज्रेर थन्केका छन।असारे बजेत झै वर्ष भरी सुत्ने अनि  आसारमा सम्पन गर्ने यस्ता प्रवृति रोक्न सम्बन्धित निकाय सङ अनुरोध छ।

You may have missed