सुनिल रजक रौतहट मिडिया न्युज डेस्क बैशाख १८ गते।
काठमाडौ
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
सोमबार नेपाल आयल निगममा आएको नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसनले हरेक १५÷१५ दिनमा निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । खाना पकाउने ग्यासको हकमा भने एक महिनामा मूल्यसूची पठाउँछ । सोही अनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो ।
हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा निगमले बिक्री गर्दै आएको छ ।
ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पर्छ ।
यसअघि पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको थियो ।
अघिल्लो पटक बढेर आउँदा पेट्रोल र डिजेलमा मूल्य समायोजन नभएकाले यसपटक घटेर आए पनि मूल्य यथावत राख्ने निगमले जनाएको छ
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।